यस्तो छ महानगरका मेयरहरूले जारी गरेको संयुक्त घोषणापत्र

देशका ६ महानगरपालिकाले संयुक्त घोषणापत्र जारी गरेका छन्। आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै महानगरका मेयरहरूले ७ बुँदे घोषणापत्र जारी गरेका हुन्।

पोखरामा दुईदिने  ‘मेट्रो मेयर मिट’ भएको थियो। सो सम्मेलनले पोखरा घोषणापत्र जारी गरेको थियो।

मेयरहरूले घोषणापत्रमार्फत् महानगरपालिकाका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका छन्। यस्तै महानगरबीच सहकार्यका लागि ‘महानगर मञ्च नेपाल’का माध्यमबाट संस्थागत गर्ने प्रणसमेत गरिएको छ ।