साउन १५ः जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानको आह्वानमा आन्दोलित बनेका सुकुम्बासीहरू सडकमै सुतेर विरोध जनाएका हुन् ।सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।
मुख्यमन्त्री कार्यालय सुरक्षाकर्मीले घेर्न नदिएपछि ग्रामीण भेगबाट आएका सयौं सुकुम्बासी सडकमै सुतेका छन् । आन्दोलनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आफुहरुको मागप्रति सरकारको ध्याणाकर्षण नभएआफ्नो आन्दोलन थप चर्काउदै लैजाने सुकुम्बासीहरुको भनाई छ । सुकुम्बासीको नाम बेचेर माफीयाहरुले रजाई गरेको बताउदै सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित नर्गन आन्दोलनकारीको माग छ ।


















