पोखरामा ठूलो वर्षा कमल पोखरी क्षेत्रका एक सय घर डुबानमा

साउन १६ः  पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ ।

लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका १३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले बताउनुभएको छ ।

उहाँको अनुसार गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर डुबान क्षेत्रमा नै रहेको जानकारी दिनुभयो । ‘वर्षाको भलले निकास नपाउँदा डुबान भएको हो,’ वडा अध्यक्ष । पोखरामा पछिल्लो २४ घण्टामा २ सय ४९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी पोखराको लामापाटनमा रहेको स्टेसनमा ३ सय ३३ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरा महानगरपालिका १३ कमल पोखरी क्षेत्रमा डुबानमा परेका तीन परिवारलाई कमलपोखरी बहुउदेशीय समाजको भवनमा राखिएको छ भने केही परिवारलाई आफन्तको निवासमा व्यवस्थापन गरिएको त्यहाँबाट प्रबिण हर्मेलले जानकारि दिनुभएको छ ।

उहाँको अनुसार हालसम्म पनि पानीको बहाव नघटेको कारण जोखिम कम छ भन्ने अवस्था रहेको बताउनुभएको छ कमलपोखरी आसपासमा वर्षेनी यसंगरि डुवान पर्ने गरेको छ । भलले निकास नपाएकै कारण हुनजाने डुबानले सबैभन्दा बढि मर्कामा तल्लो तला वा भुईतलामा बस्नेहरुमाथी परेको स्थानीयको भनाई छ ।

भुईतलामा डेरा लिएर बसेकाहरुको लत्ताकपडा, खाद्यान्न सामाग्री पूर्णरुपमा बिझेको स्थानीय चन्द्र बहादुर गुरुङले बताउनु भएको छ । डुबानबाट सबैभन्दा बढि बालबालीका तथा जेष्ठ नागरिक मर्कामा परेका हुन , गाडि आवत जावत गर्ने बाटोमा भल भरिएको कारण कुनैपनि सवारि साधन आवत जावत गर्न समेत मुस्किल रहेको स्थानीय चन्द्र बहादुर गुरुङले बताउनु भएको छ ।