जागिर लगाईदिने भन्दै लाखौ रकम लिएर अलपत्र पारेका थापा पक्राउ

साउन १७ः दुबईमा जागिर लगाईदिने नाममा रकम लिएर अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धादिङ घर भई हाल काठमाडौंको चावहिल बस्ने २७ वर्षीय विकास थापालाई पक्राउ गरिएको हो ।

दुबईमा फुड डेलिभरीमा काम लगाई दिने भन्दै थापाले नेपाली चार लाख ४५ हजार ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

विकास थापालाई प्रकाउ गरेर थप अनुसन्धान भैरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ, साथै यो ठगी धन्दामा उनीमात्रै छन वा अरुपनि जोडिएका छन भन्नेबारे पनि गहिरो अनुसन्धान हुने प्रहरीको भनाई छ ।

दुबईमा फुड डेलिभरीमा काम लगाई दिने भन्दै थापाले चार लाख ४५ हजार ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।