जसलाई चिकित्सकले मृत घोषणा गरे, तर अहिले हाँकिरहेछन् घरेलु तथा साना उद्योग महासंघ

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष  उमेशप्रसाद सिंह २०४७ सालदेखि सस्थामा आबद्ध छन् । २०३५/३६ सालदेखि नै रारा बहुमुखी क्याम्पुस नेपाल विद्यार्थी संघको अध्यक्ष भएर २०४१ सालमा नगर समितिमा निर्वाचित भए। त्यसपछि १४ वर्षसम्म नगर सचिव भएर काम गरे।२०४२ सालकाे सत्यग्रह आन्दोलन मा पटक-पटक जेल चलान भए।

२०३६ सालको जनमत संग्रहमा बहुदल निर्दलमा बहुदलको पक्षमा लाग्दा २१ दिनसम्म थुनामा बस्नु परेको थियो। २०४२-२०४६ सम्म पटक-पटक जेलको बास त भएको थियो राजद्रोहको मुद्दा पनि खेप्नु पर्‍यो।

२०४६ साल को आन्दोलनमा जनकचोकबाट गिरफ्तार भएर एक महिना २२ दिनसम्म सिन्धुली जेल मा राखियो। २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सहाना प्रधानको नेतृत्वमा रुग्ण उधोगहरूलाई पुन: स्थापना गर्नुपर्छ भनि सात जनाको एउटा समिति गठन गरियो जस्को एक सदस्य  थिए सिंह।

२०४७ सालमा घरेलु तथा साना उद्योगीहरूको संघ महासंघ भयो। महासंघ भएपछि सस्थापक सदस्यको रुपमा आबद्ध हुदै उपाध्यक्षदेखि अध्यक्षको रुपमा तीन वर्ष कार्यवहाक अध्यक्ष हुँदै अहिले केन्द्रीय अध्यक्ष छन्।

२०६२/६३ को आन्दोलनमा सात पार्टीको संयोजकको रुपमा आन्दोलनको नेतृत्व गरे।  आन्दोलनको क्रममा(युनिफाइड कमान्ड )प्रदर्शनकारी विरुद्धमा गठन गरिएको तत्कालीन श्री ५ काे सरकार ले गठन गरेकाे समूहले उनलाई गिरफ्तार गर्यो। निर्ममता पूर्वक बिजुलिको मोटो तारले, बन्दुकको अगाडिको भागले टाउकाे घुँडालगाायत शरीरका अन्य भागमा अन्धाधुन्ध कुटपिट गर्नुका साथै गोली हानेर मरणासन्न अवस्थामा छोडियो।

मरणासन्न हुने गरी कुटेपछि प्रहरी भ्यान आएर टिचिङ अस्पतालमा लगेर छाेडिदियाे । अस्पतालमा टाउकाेमा मल्हम पट्टी गरी आँखामाथि लागेको गहिरो चाेटमा टाँका त मार्यो तर चिकित्सकले  मृत घोषणा गरिदिए। अब आर्यघाट लाने भनेर तयारी हुँदै गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अन्तिम अवस्थामा मुख हेर्छु भनेर आए।

सेतो कपडाले ढाकिएको मुहारलाई गिरिजाले कपडा हटाएर हेर्न खोज्दा आँखा नजिकै लगाएको टाँकामामा उक्त कपडा अल्झियो। सिंहलाई दुख्यो उनी चिच्याए।  त्यसपछिको माहोल अर्कै भयो। तीन वर्षसम्म कोमा रहेर उपचार भयो र आज उनले पुनर्जीवन पाएका छन्।

अहिले उनलाई स्थानीय तबरबाटै चुनाव लड्न प्रस्ताव गरिएको छ। उनी अहिले नै दलबाट उम्मेदवार बन्ने तयारीमा छैनन्। २०७८ फागुन २६/२७ गते विरगंजमा भएकाे नेपाल घरेलु तथा साना उद्योग महासंघबाट सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुँदा गरेका प्रतिबद्धता बाँकी नै रहेकोले उनी मंसिर ४ को निर्वाचनमा मतदातामात्र बन्ने निधोमा पुगेका छन्।

देशभरका घरेलु तथा साना उद्योगीले विश्वास गरेर अध्यक्ष बनाएको भन्दै उनले सबैको विश्वासमा पुरा कार्यकालपछि मात्रै पार्टीको राजनीतिमा जोडिने तयारी गरेका हुन्।

अध्यक्ष बन्दै गर्दा उनले  प्रतिबद्धता गरेका तीन कुराहरू

१- सम्मानजनक रुपमा महासंघको उपस्थिति हरेक ठाउँमा हुनु पर्ने। अहिले महासंघ देशभरका ३२८  पालिकामा छ। सम्मानजनक रुपमा ७५३ पालिकामा पुग्ने लक्ष्य  पुरा हुन बाँकी।

२- सातवटै प्रदेशको राजधानी भएको जिल्लामा महासंघको बलियो उपस्थिति गराउने र प्रदेश सरकारको समन्वय मा घरेलु तथा साना उद्योगको हक हितमा काम गर्ने।

३- महासंघ स्थापना भएदेखि आजसम्म भाडामा बसेकाले महासंघकाे आफ्नै भवन निर्माण गरी  व्यवस्थित बनाउने।

यी तीन वटा प्रतिबद्धता पुरा नभएकोले र महासंघ आर्थिक रुपमा सबल भइनसकेकाे र यसलाई आर्थिक रुपमा सबल नबनाएसम्म महासंघमै रहेर आफ्नो जिम्मेवारी पुरा गर्ने उनको धेय छ।