पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटनामा परेको छ। पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि हिँडेका यात्रु बोकेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा बिहान ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनमा २५ जना घाइते भएका छन् । घटनाका घाइतेहरूलाई चितवनस्थित अस्पतालमा ल्याइँदै गरेको प्रहरीको भनाइ छ।