काठमाडाैं । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



















