नबिल बैंकको मोबाइल बैंकिङ आज राति ५ घण्टा नचल्ने

काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङ सेवा आज साँझदेखि ५ घण्टा अवरुद्ध हुने भएको छ।

बैंकको मोबाइल बैंकिङ साँझ ६ बजेदेखि राति ११ बजेसम्म मोबाइल बैंकिङ अवरुद्ध हुनेछ।

मोबाइल बैंकिङ प्रणालीको स्तरोन्नति कार्यका लागि सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।

अन्य सेवा भने साबिक अनुसार सुचारु हुनेछ।