अर्थमन्त्री शर्माकाे दाबी : आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपाल

काठमाडौँ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने दाबी गरेका छन् ।

बिहीबार शपथग्रहणपछि संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अर्थमन्त्री शर्माले यस्ताे दाबी गरेका हुन् ।

यस्तै आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने दाबी उनकाे छ । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जाेड दिए । उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको उल्लेख गरे ।

शर्माले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए ।