चिसो बढ्यो, काठमाडौँको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडौँ। केही दिनयता चिसो बढिरहेको छ। यसै क्रममा आज काठमाडौँ उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार हिजो बिहाबार भने काठमाडौँ उत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।

काठमाडौँको आजको न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ।