मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४९ औं जन्मदिन मनाउँदैछन् । उनको व्यक्तिगत र व्यावसायिक जीवनको दुबैनै चर्चामा रहने गर्छ ।
उनी छिट्टै अभिनेत्री दीपिका पादुकोणसँग फिल्म फाइटरको सुटिङ सुरु गर्दैछिन् । यसैबीच उनी प्रेमिका सबा आजादसँग यसैवर्ष विवाह गर्ने तयारीमा रहेको समेत बाहिरिएको छ । ऋतिकका परिवार सबालाई लिएर धेरै खुसी छन् । किनकि उनीहरुलाई सबा अभिनेताका लागि परफेट समेत लाग्छ ।
पछिल्लो समय ऋतिक र सबा प्रायः सँगै देखिँदै आएका छन् । फ्यानले पनि दुबैको जोडीलाई परफेट मानेका छन् । ऋतिक र सबा चाँडै नै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको खबर समेत लगातार मिडियामा छाइरहेको छ । ऋतिककी पूर्व पत्नी सुजैन खान र छोराको पनि सबासँग राम्रो सम्बन्ध छ ।
मिडिया रिपोर्टका अनुसार दुबैका नजिकका आफन्तले उनीहरु विवाहको तयारी रहेको जानकारी दिएका छन् । यो वर्षको अन्त्यसम्म दुवैले विवाहको योजना बनाएका छन् । विवाह कुनै भव्य हुनेछैन र त्यसमा सुजैन खान लगायत उनका नजिकका साथीहरू र परिवारका सदस्यहरू मात्र सहभागी हुनेछन् ।
ऋतिक रोशनको अझै पनि पूर्व पत्नी सुजैनसँग राम्रो सम्बन्ध छ । दुवैजना आफ्ना छोराछोरीसँग प्रायः भेटिन्छन् । यसैबीच, सुजैन आजकाल अर्सलन गोनीलाई डेट गरिरहेकी छिन् । दुबैले प्रायः आफ्नो रोमान्टिक तस्बिरहरू सेयर गर्छन् र पार्टीमासँगै देखा पर्दछन् ।
आज आयोजना हुने ऋतिक रोशनको जन्मदिनको पार्टीमा नजिकका साथीभाई र परिवारका सदस्यहरु सहभागी हुनेछन् ।-अमर उज्याला


















