काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँच सांसदले मतदान गरेनन् । आज संसदामा उपस्थित नभएका कारण तीन सांसद
मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेतले मतदान नगरेका हुन् ।
त्यस्तै ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सञ्चालन गरेकाले मतदान गर्न पाएनन् ।
यस्तै सांसद टेक बहादुर गुरुङ निलम्बित भएकाले मतदान गर्न पाएनन् ।


















