काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले १७ जना डीआईजीको काज सरुवा भएको विज्ञप्ति जारी गरी जानकारी दिएकाे हाे ।
कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएकाे छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका माेहनप्रसाद आचार्यलले केन्द्रीय अनुसन्धान ब्यूराे, महाराजगन्ज, काठमाडौँकाे जिम्मेवारी पाएका छन् ।





















