पोखरा विमान दुर्घटनामा ६४ जनाकाे मृत्यु

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ ।

अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताएका छन् ।

उनका अनुसार ३० जनाको शव निकालेर अस्पताल पुर्‍याइकाे छ । त्यस्तै ३४ जनाको शव खोंचमा भेटिएकाे उनले बताए ।

मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको जानकारी दिनुभयाे।

खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।