काठमाडौं । पोखरामा जहाज दुर्घटना भएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए ।
विमान काठमाडौँबाट ११ बजेर ५ मिनेटमा उडेको थियो ।
उनका अनुसार यति एयरलाइन्सको ६९N कल साइन दुर्घटना भएको हो । माथिबाट तल झरेको भन्ने जानकारी पाएको उनले बताए । उनका अनुसार विमानमा क्रु मेम्बरसहित ७२ जना सवार थिए ।





















