आइतबार ३० अंकले घटेर सेयर बजार राताम्मे, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । सेयर बजारमा साताको पहिलो कारोबार दिन नै ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झरेको हो।

यसरी बजार घट्दा ३८ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीले ८ करोड ४४ लाख रुपैयाँको गरेको छ ।

समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।