मुलपानीमा पानि पर्दा नेपाल–साउदी अरब बिच खेल अझै सुरु भएन

काठमाडौं, ११ बैशाख । मुलपानीमा सिमसिम पानी परे पछि नेपाल र साउदी अरब बिचको खेल अझै सुरू हुन सकेको छैन ।

नेपाल पहिलो पटक मुलपानी मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको दिनमा नै पानी परे पछि अहिले पिचमा कभरले ढाकिएकाे छ । जसका कारण नेपाल मैदानमा उत्रन पाएको छैन ।

जसका कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेलको साढे आठ बजे हुनुपर्नेमा पानी परेका कारण टस सुरु हुन सकेको छैन ।