एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमार छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।