काठमाडौं, जेठ २२ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आयात कर ऐनमा कुनै पनि परिवर्तन नगरिएको प्रष्ट पारेका छन् ।
सोमवारका काठमाडौंमा आयोजित परिवर्तित करका दर र यसका प्रभाव विषयक अन्तरक्रियामा उनले आयात कर सम्बन्धी ऐनमा संशोधन नगरि करको दर परिर्वतन गर्न नमिल्ने बताए ।
‘आर्थिक विधेयकमा आएको विषेश छुट सम्बन्धी व्यवस्था भनेको चाही स्वइछीक हो । यो चाँही यदि तपाई यो बर्गमा पर्नु हुन्छ र छुट सुविधा दिन चाहानुहुन्छ भने लिनु भनेको हो । त्यो बाध्यकारी होईन् । त्यो सम्बन्धि आयतकर ऐनका व्यवस्था अनुसार परिवर्तन भयो भन्ने कुरा छ केही पनि परिवर्तन गरिएको छैन् । त्यो संसोधन नगरेसम्म केही परिवर्तन हुँदैन् । ’
उनले आर्थिक विधेयकमा आएको विशेष छुट सम्बन्धि व्यवस्था बाध्यकारी नभई स्वईच्छाको भएको बताए । सबै खालको आम्दानीमा कर लाग्नु पर्छ तर धेरै नभई आवश्यकता अनुसारको लाग्नु पर्ने उनको भनाई छ ।


















