फेरि बढ्यो सुनको मुल्य

काठमाडौं, जेठ २३ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार सुन र चाँदीको भाउ स्थिर थियो ।