काठमाडौं, असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
शुक्रबार सामाजिजक सञ्चाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समावेदना प्रकट गरेका हुन् ।
उनले लेखेका छन्‘गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परि निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’


















