सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं, १३ असार  । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको प्रतितोला मूल्य मंगलबारकै मूल्य १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।