काठमाडौं, असार १६ । संघीय शिक्षा ऐन तत्काल ल्यानुपर्ने मागसहित आज पनि काठमाडौंमा प्रर्दशन भएको छ ।
शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेपाल समाजवादी पार्टी निकट विद्यार्थी युनियनको केन्द्रीय समितिले संघीय शिक्षा ऐन तत्काल ल्यउनुपर्ने, सार्वजनिक शिक्षाको सुधार गर्नुपर्ने, शिक्षा आयोगको प्रतिवेदन सार्वजनीक गर्नुपर्ने, विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य हुनु पर्नेलगायतका माग राखेर विरोध प्रदर्शन हो ।
युनियनका अध्यक्ष नेत्र चापागाँइले शिक्षा क्षेत्रमा रहेको पञ्चायती व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै शिक्षा मन्त्रीले तत्काल उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन सावर्जनिक गरी संघीय शिक्षा ऐन नल्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने, ‘उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरे र तत्काल शिक्षा ऐन जारी नगरे हामी चरणबद्ध रुपमा आन्दोलन गछौं ।’
विरोध स्वरुप भोली देशभरिबाट शिक्षा मन्त्री अशोक राईलाई एसएमएस् गर्ने, सोमबार संघीय सांसदलाई सिंहदरबारमा चिठ्ठी पठाउने लगायतका कार्यक्रम गर्ने त्यति गर्दा पनि ऐन जारी नभए सिंहदरबार घेर्ने उनीहरुको घोषणा छ ।


















