काठमाडौं, असार २१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज, गोलभेडाको मूल्य स्थिर नै रहेको छ । बुधवार ८० रुपैयाँमा विक्रि भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज पनि ८० रुपैयाँ नै रहेको छ । रातो आलुको मूल्य भने आज घटेको छ । बुधबार ४५ रुपैयाँमा विक्रि भएको आलुको मूल्य आज ४४ रुपैयाँमा झरेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले बृद्धि भएको छ । हिजोको मूल्य ५० रुपैयाँ भने आज ६० रुपैयाँ पुगेको छ । लोकल बन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८०, घिउ सिमी लोकल १२०, मूला सेतो १५, भन्टा लाम्चो ६०, मकै बोडी १००, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा ९०, तितो करेला १००, लौका ८०, घिरौला ८०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ । त्यस्तै, रायो सागप्रति केजी ८० रुपैयाँ तोकिएको छ ।
केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह ८०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।


















