बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत क्षेत्रप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, असार २२ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुले बाढीपहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार विहान प्रधानमन्त्रीलाई भेटेर गत जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे ध्यानाकर्षण गराएका हुन् ।