काठमाडौ,असार ३० । सातौं संस्करणको महिला तथा पुरुष एनभीए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार विभागीय टोली बीच भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको खेलमा पुलिसले एपिएफलाई २५— १२, २१–२५, २५–२३ र २५–१९ सेटमा पराजित गरेको हो ।
एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५–१२ ले जित्दा दोस्रो सेट २१–२५ ले गुमाएको थियो ।
तेस्रो सेट २५–२३ ले जितेको पुलिसले चौथो सेट २५–१९ ले आफ्नो पोल्टामा पार्दै उपाधि चुमेको हो ।
प्रतियोगितामा पुलिस अपराजित रहदैैँ च्याम्पियन बनेको हो ।


















