काठमाडौं, साउन ८ । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी)ले वनरक्षकको लोकसेवा तयारी पुस्तक जलाएको छ ।
सोमबार काठमाडौ स्थित माइतीघर मण्डमा विरोध कार्यक्रम गरेको अखिल (क्रान्तिकारी)ले उक्त पुस्तक जलाएको हो । राम एकवाल दासद्वारा लिखित वनरक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रस्नोउत्तर राखिएको भन्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा संगठनका कार्यलय सदस्यहरू, लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति थियोे । प्रदर्शनमा आक्रोशित विद्यार्थीहरुले पुस्तकमा राखिएको आपत्तिजनक प्रस्नोउत्तर तत्काल हटाउनुपर्ने अन्यथा महिलाहरुबारे आपत्तिजनक शब्द राखेर पुस्तक प्रकाशन गर्ने लेखक र पब्लिकेसनका विरुद्ध निर्मम संघर्ष गर्न बाध्य हुने भन्दै उक्त पुस्तक जलाएका छन् ।


















