काठमाडौं, साउन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले साम्राज्यवादीहरुले नेपालमा सेनाको व्यारेक खडा गर्न चाहेको दावी गरेका छन् ।
सोमबार काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती भ्रष्टचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा महासचिव चन्दले भारतीय सिकन्दरहरु आउँदा लम्पसार पर्ने प्रवृति अब सकिने बताए ।
उनले भने ‘ नेपालमा साम्राज्यवादीहरुले सेनाको व्यारेक खडा गर्न चाहेको छ । हाम्रो चुनौती हो यो यदि नेपालका कसैले व्यारेक खडा गर्ने कालो सपना देख्छ भने यो देशलाई उपनिवेश बनाउने कसैले षड्यन्त्र रच्छ भने र कुनै इण्डिन सिकन्दर आउदा जस्ता दलालहरु आफ्ना देशको गोपनीयता राख्न देशको स्वाधीनतालाई बेचेर नेपालमा साशन गर्ने सपना देख्छन भने त्यो सदाको लागि अन्त्य हुने वाला छ । कहिले पनि सफल हुने छैन । भ्रष्टाचार र दण्डहीनता एनजीओ हो । यस्ता एनजीओहरुरुले गाउँ गाउँमा राजनीतिक दावावका साथ गलत काम गरिरहेको छ । ’
महासचिव चन्दले कुनै पनि स्थितिमा २०४७ सालको संविधानमा जान नसक्ने र नेपाल प्रतिगमन तिर जान पनि नसक्ने बताए ।


















