कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौं,साउन १२ । सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

शुक्रवार अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि बस्न लागिएको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भएको थियो ।

समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।