ललितपुर, असोज, २१। महालक्ष्मी कृषि सहकारी सस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सस्थाको सेवालाई विविधिकरण गर्ने क्रममा गत बर्षबाट नै यस सहकारी सस्थाले महालक्ष्मी ८ सन्खा देविमा सदस्य सेवा केन्द्र स्थापना गरेको छ।
महालक्ष्मी ८ सौडाेलमा कृषि फार्म सन्चालन गर्दै परिसर भित्र कृषि उपज मल बीउबिजन कृषि औजार लगायतको बिक्री कक्ष (एग्रो मार्ट)सन्चालन सस्थाको मुख्य कार्यलय बाट गर्दै आएको छ। कृषि सहकारी हुनुको नाताले व्यवसायीक कृषि फार्म सन्चालन गरि व्यवसायीक रुपमा तरकारी खेती गर्दै उक्त फार्मबाट सहुलियत दरमा विभिन्न किसिमका तरकारी तथा बिरुवाहरु बिक्रीवितरण गर्दै आएको छ। प्राङारिक खेतिलाइ प्रबर्द्धन गर्ने उदेश्य ले सुपथ मुल्यमा भर्मी कम्पोस्ट बिक्रीवितरण गरेकोमा आगामी बर्षमा सस्था आफैले भर्मी कम्पोस्ट मल उत्पादन गरि बिक्रीवितरण गर्ने योजना रहेको छ।
कृषि प्रधान देश भएर पनि रासायनिक मल को अभाव भोग्दै आएको समयमा समेत काेटा निर्धारण गरि कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेसन बाट रासायनिक मल खरिद गरि शेयर सदस्य हरु लाई मल बितरण गर्दै आएको छ। कृषि क्षेत्रलाई आय आर्जनको माध्यम बनाउने तरकारी खेतीका साथै पसुपक्षी पालन एवं दुग्ध व्यवसायका लागि सरकारी तथा गैर सरकारी संघ सस्था सङगको सहकार्यमा भबिस्यमा सहुलियत कर्जा उपलब्ध गराउने योजना रहेको छ। व्यवसायीक सदस्यहरुको कृषि व्यवसाय बिस्तार तथा सुरक्षा को लागि सस्थाले निकट भबिस्यमा ब्याबसायिक तालिमहरु सन्चालन गर्दै जाने र कृषि बिमा कार्यक्रम समेत सन्चालन गर्ने योजना रहेको कार्यक्रममा सस्थाका अध्यक्ष जनक थापा ले बताउनु भयो। कार्यक्रम भब्य र शभ्य रुपमा सम्पन्न भएको छ।


















