यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं,मंसिर २२ । दुबईमा आजदेखि सुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेको छ ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ ।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ’ए’ मा भारत,पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ’बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।