घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,मंसिर २४ । कारोबारको पहिलो दिन आज (आइतवार) सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहहेको छ ।

आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।