एनएसएल : आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा

काठमाडौं,मंसिर २५ । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । तर पोखरा यस सिजन अपराजित रहँद शीर्ष चारमा रहेको छ ।

चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।

काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ ।