काठमाडौँ, कातिक १२ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।
दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा ग¥यो ।
अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।
नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ मा ९ खेलमा तीन अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा रहेको छ ।


















