झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही, कार्तिक १६ । सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

धनकौल गाउँपालिका–२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

त्यसपछि उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।