सुदूरपश्चिम रोयल्सको शानदार जित, विराटनगरको लगातार दोस्रो हार

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्समाथि शनदार जित निकालेको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८२ रन हान्यो ।
सुदूरले दिएको १८३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको विराटनगर १६ ओभर एक बलमा सबै विकेट गुमाउँदै रनमा ९२ सिमित भयो ।