आज सुनको मूल्य तोलामा ४ सय घट्यो, चाँदी कति ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँको हो ।

सुन ४ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो ।