काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको छ ।
एनपीएलमा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ । एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन छ ।
जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो । अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलको ३५ रन सर्वाधिक रह्यो । उनले ३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाए । टोम मोरिसले ३१ रन बनाए । अर्जुन साउदले २० रन बनाए ।
जनकपुरका हर्ष ठाकेरले ५ विकेट लिए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।
यसअघि जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३६ रन जोड्यो ।
जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल, हेमन्त धामी ९ रनमा आउट भए ।
शुभ कंशाकार २२ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिए ।










