पोखराविरुद्ध सुदूरपश्चिम ५ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदुरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा मात्र बनायो ।

पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए ।

बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।