प्रतितोला २ सय बढ्यो सुनको मूल्य

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

तोलामा दुई सय रुपैयाँले सुनको मूल्य बढेको हो । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूलइ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज पनि चाँदीको मूल्यमा भने घटबढ भएको छैन । आज चाँदीको मूल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।