शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

सुन तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार स्थिर रहेको चाँदी शुक्रबार तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।