तोलामा १ हजार घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार सात सय ७५ रूपैयाँ किनबेच भइरहेको छ।