लगातार बढेको सुनको मूल्य आज तोलामा ८ सय घट्यो

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो ।

महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य एक लाख ५५ हजार रूपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ८०० रूपैयाँ थियो।

आज सुन प्रतितोला ८०० रूपैयाँले मूल्य घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार ८२० रूपैयाँमा किनबेच भएको छ।

सोमबार एक हजार ८६० रूपैयाँमा किनबेच गरिएको थियो।