तोलामा १२ सय बढेर १ लाख ५६ हजार ६ सय पुग्यो सुन

काठमाडौ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले बढेको हो ।

बिहीबार सुन तोलामा १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा तोलामा ५० रुपैयाँ बढेको हो ।