रवि रुपन्देहीबाट हाजिरी जमानीमा रिहा, परिवारको जिम्मा लगाइयो

काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ ।

सभापति लामिछानेलाई अदालतले भोलि उपस्थित हुने शर्तमा परिवारलाई जिम्मा लगाएको छ ।

न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसद्वारा भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो ।

भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी आज अदालतमा उपस्थित भएका हुन् ।

जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो ।