२०८२ वैशाख ७ गते, आइतवार, २० अप्रिल २०२५। वैशाख कृष्णपक्ष सप्तमी तिथि, १४ः२९ बजेदेखि अष्टमी। पूर्वाषाढा नक्षत्र, ७ः५६ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १४ः०५ बजेपछि मकर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आत्मविश्वासले कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। पारिवारिक सद्भाव बढ्नेछ र तीर्थयात्राको सम्भावना छ। शुभ रंग: सिन्दुरी, शुभ अंक: १।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
सकारात्मक सोचले चुनौतीहरू पार गर्न सकिनेछ। आत्मबलमा कमी महसुस हुन सक्छ। वैदेशिक रोजगारको अवसर प्राप्त हुने सम्भावना छ। शुभ रंग: सेतो, शुभ अंक: ३।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ। जीवनसाथीसँग रमाइलो समय बित्नेछ। लेखन वा कलामा सफलता मिल्नेछ। शुभ रंग: निलो, शुभ अंक: २।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
महत्वाकांक्षी कार्यहरू सुरु गर्न अनुकूल समय छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। फिजुल खर्चबाट बच्नुपर्छ। शुभ रंग: सेतो, शुभ अंक: ३।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आत्मविश्वासका साथ अघि बढ्दा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारीबाट पछि नहट्नुहोस्। अरूको कार्यमा हस्तक्षेप नगर्नुहोस्। शुभ रंग: रातो, शुभ अंक: ३।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
कार्यक्षेत्रमा अरूमा अत्यधिक विश्वास गर्दा धोखा हुन सक्छ। पारिवारिक आवश्यकतामा खर्च बढ्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। शुभ रंग: सेतो, शुभ अंक: २।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
भाग्यले नयाँ अवसरहरू प्रदान गर्नेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेक प्रयोग गर्नुहोस्। यात्रा सुखद हुनेछ। शुभ रंग: निलो, शुभ अंक: ७।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
प्रशासनिक वा सरकारी कार्यमा बाधा आउन सक्छ। भविष्यको लागि कठोर निर्णय लिनुपर्नेछ। स्वास्थ्यमा खानपानमा ध्यान दिनुहोस्। शुभ रंग: रातो, शुभ अंक: ८।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
राजनीतिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट प्रशंसा प्राप्त हुनेछ। घर वा सवारी साधनको मर्मतमा खर्च हुन सक्छ। शुभ रंग: पहेँलो, शुभ अंक: २।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):
कर्तव्यनिष्ठ भएर अघि बढ्दा सफलता प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन नहुन सक्छ। पुराना मित्रहरूसँग आकस्मिक भेटघाटले मन प्रसन्न हुनेछ। शुभ रंग: बैजनी, शुभ अंक: ६।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
घरेलु वा सामाजिक कार्यमा व्यस्तता रहनेछ। आशा गुमेको कार्य सम्पन्न हुनाले मन प्रसन्न हुनेछ। प्रशासनिक वा सरकारी पक्षबाट सहयोग प्राप्त हुनेछ। शुभ रंग: हल्का पहेँलो, शुभ अंक: १।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा कार्यको चर्चा हुनेछ। अरूका लागि बुद्धि र धन खर्चनु पर्नेछ। पिताको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ। शुभ रंग: निलो, शुभ अंक: ४।


















