फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ ।  

काठमाडौ -मेटाले सरकारसँग दर्ता प्रक्रियाबारे सोधपुछ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार दर्ता प्रक्रियामा आउन विवरण मागेको छ ।

उनले भने, ‘मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ, दर्ता प्रक्रियाको प्रावधान के छ भनेर विवरण मागेको छ ।’

सरकारले नेपालमा आधिकारिक दर्ता नभइ सामाजिक सञ्जाल सञ्चालन नगर्ने निर्णय गरेपछि फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ ।