काठमाडौ -बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नागार्जुन नगरपालिका ४ सोल्टीदोबाटो सितापाइलामा केन्द्रीय कार्यालय रहेको यस सहकारी संस्थाले यही मंसिर २७ गते शनिबारको दिन स्वयम्भूस्थित मुस्ताङ गुम्बामा अधिवेशन सहितको साधारणसभा आयोजना गरेको थियो ।

















