चौतर्फी बिरोध पछि खगेन्द्र सुनार को स्पष्टीकरण

काठमाडौ -मटन खाना हुने गाई काटेर खाना किन नहुने भन्ने अभिव्यक्ति चौतर्फी बिरोध भए पछी आफुले बोल्दै नबोलेको कुरा तोडमोड गरेर भाइरल बनाइएको सुनारको दाबी उनले सामाजिक सन्जालमा स्पष्टीकरण दिदै लेखेका छन :
म शुद्ध साकाहारी हुँ ! कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन ! सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु ! पछिल्लो समय सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरी मेरो फोटो/भिडियो हालेर राष्ट्रिय जनावर गाई खानुपर्छ भन्ने भावको अडियो सार्वजनिक गरी बदनाम गराउने विपक्षीको क्रियाकलाप प्रति हामी सचेत छौं ! भाई मारेकाले गाईको मुद्दा उठाएर भाईको मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौं ! साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदो भएन ! भिडियो सत्य हैन ! राष्ट्र र राष्ट्रियता प्रति सदैव प्रतिबद्ध छु !
देशको जय होस् ! धन्यवाद !!
नमस्कार, जय नेपाल !!!