काठमाडौँ —वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।
शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई शनिबार बिहान नर्भिक अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।
अस्पतालमै रहेका कलाकार तुलसी घिमिरेले आफन्त आएपछि मात्रै निधनको औपचारिक घोषणा हुने जानकारी दिए। थापाका छोराहरू भारतमा रहेकाले फर्किने तरखरमा रहेको बताइएको छ।
उनको निधनपछि थुप्रै आफन्त र कला क्षेत्रमा मानिसमा अस्पतालमै जम्मा भएका छन्। उनलाई नेपाली फिल्म क्षेत्रमा ‘राँते काइला’को उपनामले पनि चिनिन्छ। यो नाम उनले चलचित्र ‘चिनो’बाट पाएका थिए। थापाले पछिल्लो समय अभिनय गरेकाे नेपाली फिल्म ‘एक्लो’ हो।


















